दैनिक गर्नुहोस पवनमुक्तासन, पेट हुनेछ सफा

नेपालभ्युज

दैनिक गर्नुहोस पवनमुक्तासन, पेट हुनेछ सफा

एजेन्सी । खराब खानपान र बिग्रँदो जीवनशैलीले पेटसँग जोडिएका समस्या हुनु सामान्य हो ।

तपाईंलाई पनि यस्तो समस्या छ भने पवनमुक्तासनको अभ्यास गर्न सक्नुहुन्छ । जानौं यो गर्ने तरिका र फाइदाबारे–

पवनमुक्तासन

  • यो गर्न सबैभन्दा पहिला ढाड सिधा बनाएर पल्टिनुहोस् ।
  • आफ्नो शरीरलाई आराम अवस्थामा छोड्नुहोस् ।
  • यति गरेपछि आफ्नो घुँडालाई मोड्नुहोस् ।
  • घुँडालाई मोडेर छातीको नजिक ल्याउनुहोस् ।
  • अब आफ्नो हातले घुँडालाई समात्नुहोस् ।

दैनिक रुपमा पवनमुक्तासनको अभ्यास गर्नाले तपाईंलाई पेटसँग जोडिएका समस्या हुँदैनन् । यसले अपच, ग्यास र कब्ज्यित जस्ता समस्या घट्छन् ।

तौल कम गर्न पनि पवनमुक्तासनले तपाईंलाई सहयोग गर्छ । यसले पेट तथा कम्मरको बोसो समेत घटाउँछन् ।

शरीरका मांसपेशी बलियो बनाउन तपाईं पवनमुक्तासनको नियमित अभ्यास गर्न सक्नुहुन्छ । यसले मांसपेशी दुखेको पनि कम हुन्छ ।

दैनिक रुपमा पवनमुक्तासनको अभ्यास गर्नाले शरीरमा लचिलोपन बढ्छ । जसले गर्दा ढाडको हड्डीको पनि लचिलोपन बढ्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved