राष्ट्रियसभा निर्वाचन : कर्णालीमा सकियो मतदान, केहीबेरमा मतगणना

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा सकियो मतदान, केहीबेरमा मतगणना

वीरेन्द्रनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशतर्फ ४० र स्थानीय तहतर्फ १५६ जनाले भोट खसालेका छन् । ३ बजेसम्मका लागि तोकिए पनि त्यसअघि नै सबै मतदाताले मतदान गरेका हुन् ।

कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १ सय ९६ जना मतदाता छन् । कर्णालीमा स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी १५८ जना भए पनि २ जनाको मृत्यु भएका कारण १५६ जना मतदाता थिए ।

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा तीन पदका लागि निर्वाचन भएको हो ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णुबहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दिएका छन् ।

त्यस्तै एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् । सत्तारुढ गठबन्धनको पक्षमा ३ हजार ७ सय ७९ र एमालेको मतभार १ हजार १ सय ९५ छ । केही बेरमा मतगणना हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved