मधेस बन्द भन्दै सडकमा हिँडेका प्रभु साहका ५० भन्दा बढी कार्यकर्ता पक्राउ

नेपालभ्युज

मधेस बन्द भन्दै सडकमा हिँडेका प्रभु साहका ५० भन्दा बढी कार्यकर्ता पक्राउ

काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा बन्द गराउँदै हिँडेका प्रभु शाह नेतृत्वको आम जनता पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।

जनकपुर, रौतहट, बारालगायत विभिन्न स्थानबाट  बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ५० भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आम जनता पार्टीले आज बन्द आह्वान गरेको थियो ।

जनकपुरको रामानन्दचोकबाट पार्टीका उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता एवं आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहलगायतलाई पक्राउ गरी धनुषा प्रहरी कार्यालयमा राखेको छ ।

यस्तै, रौतहट जिल्ला इन्चार्ज त्रिभुवन साह र आम मुस्लिम मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मंसूरी लगायत दर्जनौँ प्रदर्शनकारीलाई नियन्त्रण लिएर चपूर प्रहरीमा राखिएको छ ।

सवारी आवागमनमा अवरोध गर्ने, गाडीमा तोडफोड जस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved