नुहाएपछि शरीरमा कुन तेल लगाउने ?

नेपालभ्युज

नुहाएपछि शरीरमा कुन तेल लगाउने ?

एजेन्सी । खासगरी जाडोमा नुहाएपछि छाला एकदमै सुख्खा तथा रुखो हुन्छ । यस्तोमा छालालाई मोइस्चराइज गर्न एकदमै जरुरी हुन्छ । आज यो लेखमा जानौं त्यस्ता पाँच तेलका बारेमा जसलाई नुहाएपछि लगाउन फाइदाजनक हुन्छ ।

नरिवल
नरिवलको तेलले छालालाई हाइड्रेट राख्न सहयोग गर्छ । नरिवलको तेलमा भिटामिन के र एन्टीफंगल गुण पनि पाइन्छ जसले छालाई मुलायम बनाउँछ । साथमा अन्य कुनै छालाका संक्रमणहरुबाट पनि रोक्छ ।

बदाम
नुहाएपछि बदामको तेल पनि शरीरमा लगाउन सकिन्छ । यसमा भिटामिन ई, प्रोटिन र एन्टीअक्सीडेन्ट्स पाइन्छ जसले छालालाई स्वस्थ राख्छ ।

तोरी
नुहाएपछि तोरीको तेलको प्रयोग गर्दा पनि छाला राम्रो हुन्छ । नेपालमा विशेषगरी सुत्केरी अवस्थामा पनि महिलालाई तोरीको तेलले मालिस गरिन्छ ।

तिलको तेल
तिलको तेल छालाका लागि फाइदाजनक हुन्छ । यो तेलले मालिस गर्दा हड्डी र मांसपेशीहरु बलियो हुन्छन् । साथमा यसले छालामा भएको ब्याक्टेरियाहरुलाई पनि मार्ने काम गर्छ ।

शिया बटर
शिया बटर पनि छालालाई मुलायम बनाउनका लागि राम्रो हुन्छ । साथमा यसको प्रयोगले छाला चिल्लो तथा चम्किलो हुन्छ । यसले सुख्खा छाला भएर हुने एलर्जी पनि हुन दिँदैन ।

यदी तपाईंलाई छाला सम्बन्धी कुनै विमारी छ वा लगातार एलर्जी भइरहेको छ भने छाला रोग विशेषज्ञसँग बुझेर मात्र कुनै पनि तेल वा क्रिमको प्रयोग गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved