को बन्ला बिगबोस- १७ को विजेता ?

नेपालभ्युज

को बन्ला बिगबोस- १७ को विजेता ?

एजेन्सी । धेरै प्रकारका रियालिटी शो हरु आए पनि बिगबोस को चर्चा अहिले पनि उत्तिकै छ । बिगबोस २०२४ को फाइनल २८ जनवरीमा प्रसारित हुनेछ ।

बिगबोसबाट आयशा खान गएपछि अब जनताले आफ्ना सात जना फाइनलिस्ट पाइसकेका छन् । जसमा दुई जना यही हप्ता निकालिने अनुमान लगाइएको छ ।

७ जनामा अंकिता लोखन्डे, विक्की जैन, मन्नारा चोपडा, ईशा माल्वीय, अभिषेक कुमार, मुन्नवर फारुकी र अरुण श्रीकान्त माशेट्टी छन् ।

बिगबोस १७ को अन्तिम हप्तामा गरिएका भोट अनुसार सबैभन्दा धेरै मुन्नवर फारुकीले पाएका छन् । उनले नम्बर एकमा स्थान बनाइरहेका छन् ।

ट्वीटरका अनुसार दोस्रो नम्बरमा अभिषेक कुमार छन् भने तेस्रो नम्बरमा मन्नारा चोपडाले स्थान बनाएका छन् ।

त्यस्तै चौथो स्थानमा मात्र अंकिता लोखण्डेको नाम आएको छ । उनीपछि पाँचौं स्थानमा अरुण माशेट्टी छन् ।

भोट हेरेपछि यस्तो पनि मानिन थालिएको छ ट्रफी मुन्नवरको हातमा जान पनि सक्छ । सुरुदेखि नै अंकिता लोखण्डेले जित्ने अनुमान गर्दै आइएकोमा अवस्था भने अर्कै देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved