मधेस सरकारबाट बाहिरियो जनमत, समर्थन पनि फिर्ता

नेपालभ्युज

मधेस सरकारबाट बाहिरियो जनमत, समर्थन पनि फिर्ता

जनकपुर । मधेस प्रदेश सरकारबाट सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएको छ ।

सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकरावको कारण जनमत सरकारबाट अलग भएको हो ।

सुरुदेखि नै सहभागी रहेको जनमत पार्टीले आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ । साथै जनता समाजवादी पार्टी जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

केहीबेरमा प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाउन लागिएको जनमत पार्टीका प्रदेश सांसद संजय यादवले जानकारी दिए ।

मधेश प्रदेश सरकारमा जनमत पार्टीका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो ।

विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारले उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved