प्रधानमन्त्री कपमा एपीएफमाथि आर्मीको जीत

नेपालभ्युज

प्रधानमन्त्री कपमा एपीएफमाथि आर्मीको जीत

काठमाडौं । प्रधानमन्त्री कप एकिदवसीय राष्ट्रिय क्रिकेटमा एपीएफ क्लबमाथि त्रिभुवन आर्मी क्लबले ४ विकेटको जित हासिल गरेको छ ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३४ रन बनाए । कुशल मल्लले १९ र बसिर अहमदले १८ रन जोडे । एपीएफका लागि रमेश कुर्मीले २ तथा मौसम ढकाल र रोहित पौडेलले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपीएफ ३२.४ ओभरमा १२१ रनमा अलआउट भयो । एपीएफका लागि कप्तान रोहित कुमार पौडेलले ५९ रन बनाए ।

आर्मीका लागि सोमपाल कामीले ३, अभिनाश कर्णले २ तथा, विवेक यादव, शाहब आलम र बसिर अहमदले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved