एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन माघको दोस्रो साता

नेपालभ्युज

एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन माघको दोस्रो साता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले यहि माघ दोस्रो साता काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विधान हेरफेरका लागि समाजवादी माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन आव्हान गरेको हो ।

पार्टीको राष्ट्रिय महाधिवेशनका लागि पेश गरिने दस्तावेज मस्यौदाका विषयमा पनि छलफल हुने उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । सम्मेलनले आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजना तय गर्ने छ ।

विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनिसकेको छ ।

सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाउने गरि नेताहरूको जिम्मेवारी तोक्ने बताइएको छ । आगामी जेठको पहिलो साता समाजवादीले पार्टीको  राष्ट्रिय अधिवेशन गर्दै छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved