रश्मिका मन्दनाको अश्लील भिडिओ भन्दै ‘डीपफेक’ भिडिओ बनाउने व्यक्ति पक्राउ

आरोपीले भिडिओ डीपफेक प्रविधिले बनाएको र युवती बेलायती इन्फ्लुएन्सर जारा पटेल रहेको बताएका छन् । उनको शरीरमा रश्मिकाको अनुहार जोडेर भिडिओ बनाइएको हो ।

नेपालभ्युज

रश्मिका मन्दनाको अश्लील भिडिओ भन्दै ‘डीपफेक’ भिडिओ बनाउने व्यक्ति पक्राउ

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको अश्लील भिडिओ भन्दै ‘डीपफेक’ भिडिओ बनाएर अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् । सो भिडिओ गत नोभेम्बरमा भाइरल बनेको थियो ।

दिल्ली प्रहरीले लामो अनुसन्धानपछि रश्मिकाका डीपफेक भिडिओ बनाउने व्यक्तिलाई पक्राउ गरेको छ ।

आरोपी २३–२४ वर्षका पुरुष छन् । उनलाई आन्द्र प्रदेशबाट पक्राउ गरिएको हो । आरोपीले भिडियो डीपफेक प्रविधिले बनाएको र भिडिओमा देखिएकी युवती बेलायती इन्फ्लुएन्सर जारा पटेल रहेको बताएका छन् । उनको शरीरमा रश्मिकाको अनुहार जोडेर भिडिओ बनाइएको हो ।

नोभेम्बरमा रश्मिकाको मामिलामा प्रहरीले छानबिन सुरु गरेको थियो । रश्मिकाको भिडिओपछि अरू अभिनेत्रीको समेत त्यस्तै भिडिओ सार्वजनिक भएको थियो । आलिया भट्ट, काजोल, कट्रिना कैफ र पूर्व क्रिकेटर सचिन तेन्दुलकरसमेत कयौँ चर्चित हस्तीको डीपफेक भिडियो भाइरल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved