मधेस सरकारको ‘मधेस गान’ भन्दै हिन्दी गीत सार्वजनिक गरेपछि विवाद

मधेसकै अगुवाहरू भन्छन्, मधेसी समाजको भावनालाई समेटेन

नेपालभ्युज

मधेस सरकारको ‘मधेस गान’ भन्दै हिन्दी गीत सार्वजनिक गरेपछि विवाद

काठमाडौं । बलिदानी दिवसको अवसरमा शुक्रबार मधेस सरकारले ‘मधेस गान’ भन्दै हिन्दी गीत सार्वजनिक गरेपछि विवाद भएको छ । भारतीय गायकsJ स्वरमा गीत रहेको छ ।

मधेस सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि थिए ।

सोही कार्यक्रमबाट सरकारले ‘मधेस गान’ भन्दै झन्डै सात मिनेट लामो गीत सार्वजनिक गरेको थियो ।

हिन्दी भाषाको गीतमा भनिएको छ, ‘मधेस है अपनी आनबान, जीवनधारा है मधेस, मधेस मे बस्ती जान हमारी, प्राण से प्यारा मधेस, मधेस हमारा जिने का मक्सद, रगरग बसा मधेस, मधेस है अस्तित्व हमारा, धर्मा–कर्मा मधेस । जय मधेस, जय मधेस ।’

यो गीत पहिला मैथिली भाषामा लेखिएको थियो । मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापरी ‘भ्रमर’ले मैथिली भाषामा लेखेका थिए । मधेश सरकारको आग्रहमा सो गीतलाई हिन्दीमा डा.सागरले रूपान्तरण गरेका बताइएको छ । मधेस गान भनिएको गीतमा भारतीय गायक उदित नारायण झाकै स्वर  छ ।

गीतको प्रथम फ्रेममै मधेसीले ढुङ्गामुढा गरेको दृश्य छन् । मधेसीबारे गलत अवधारणा प्रस्तुत गरिएको बताइएको छ । गीत सार्वजनिक भएपछि त्यसबारे टीका टिप्पणीहरू भइरहेका छन् ।

भिडिओमा हरेक फ्रेममा पटकपटक एउटै व्यक्ति दोहोरिएको छ । यसले असंख्य मधेसीले अधिकार प्राप्तिको लागि गरेको संघर्षको तस्वीर प्रस्तुत नगरेको टिप्पणी छ । मधेसकै अगुवाहरुले मधेसी समाजको भावनालाई नसमेटिएको बताएका छन् । उनीहरुले यस प्रकारको गीतहरूमा सरकारले लगानी गर्न नुहने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved