मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन

नेपालभ्युज

मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन गरेको छ ।

शुक्रवार साँझ पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ, नेपालको आयोजना दीप प्रज्वलन गरी शहीदहरुको स्मरण गरिएको हो । काठमाडौंका शान्तिबाटिकामा शुक्रवार साँझ उनीहरुको तस्बिरमा माला अर्पण तथा दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रञ्जुकुमारी झाले १७ औं बलिदानी दिवसमा सहभागी भइ २०६३ माघ १ गते मधेस आन्दोलन शुरु भएको अवसरमा र ५ गते मधेस आन्दोलनको प्रथम शहीद रमेश महतो लगायतका शहीदहरुप्रति सम्मान व्यक्त गरिएको बताईन् ।

सांसद झाले मधेस आन्दोलनकै कारण महिला, मधेसी, जनजातिको अधिकार सुनिश्चित भएको दाबी गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved