हिमालयन रिइन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने

नेपालभ्युज

हिमालयन रिइन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने भएको हो ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई हिमालयन रिइन्स्योरेन्स लिमिटेडको निवेदन उपर आईआरडीएआईले  १६ जनवरी २०२४ मा स्वीकृत प्रदान गरेको हो । कम्पनीले स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारतबाट व्यवसाय गर्न स्वीकृति प्राप्त गरेसँगै यस छविलाई थप उचाइमा पुर्‍याउने विश्वास कम्पनीको रहेको छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले केही समय अघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन प्रक्रिया पुरा गरी धितो पत्रको दोस्रो बजारमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved