एमाले अध्यक्ष ओलीले गरे एमयुको भवन उद्घाटन

नेपालभ्युज

एमाले अध्यक्ष ओलीले गरे एमयुको भवन उद्घाटन

सुर्खेत । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालय ‘एमयु’को भवन उद्घाटन गरेका छन् ।

ओलीले शुक्रबार विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट तथा कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डार भएकाले यसको विकासका लागि आफू सधैँ तयार रहेको एमाले अध्यक्ष ओलीले बताए ।

‘मध्यपश्चिम विश्वविद्यालयलाई आफूले सधैँ साथ र सहयोग गरेको छु’ उनले भने,‘यसका लागि मैले धेरै काम गरेको छु।’

दिउँसो ओलीले विद्यार्थीसँग अन्तरक्रिया गर्ने विश्वविद्यालयका रष्जिट्रार प्रा.डा.नारायणप्रसाद पौडेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved