फाइटरका लागि ऋतिकले पाए ५० करोड, दीपिका–अनिलले कति पाए ?

नेपालभ्युज

फाइटरका लागि ऋतिकले पाए ५० करोड, दीपिका–अनिलले कति पाए ?

एजेन्सी । यही जनवरी २५ मा एक्सन र थ्रिलरले भरपूर फिल्म ‘फाइटर’ रिलीज हुँदैछ । फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोणको जोडी छ ।

फिल्मको ट्रेलरले दर्शक उत्सुक छन् । सिद्धार्थ आनन्दद्वारा निर्देशित यस फिल्ममा कलाकारले कति पारिश्रमिक पाएका छन् ? जानौं ।

ऋतिक रोशन फिल्ममा स्क्वाड्रन लीडर शमशेर पठानियाको भूमिकामा देखिनेछन् । मीडिया रिपोर्टअनुसार अभिनेताले फिल्मका लागि ५० करोड भारतीय रुपैयाँ पाएका छन् ।

फिल्मकी अभिनेत्री दीपिका पादुकोणले पठानमा आक्रामक भूमिका निभाएकी थिइन् । त्यसरी नै यस फिल्ममा उनले स्क्वाड्रन लिडर मीनल राठौरको भूमिका निर्वाह गरेकी छन् । यस फिल्मका लागि उनले १५ करोड भारतीय रुपैयाँ पाएको चर्चा छ ।

त्यस्तै अनिल कपूर त्यस्ता अभिनेता हुन् जसलाई कुनै पनि भूमिकामा फिट देख्न सकिन्छ । उनको यस फिल्ममा महत्वपूर्ण भूमिका छ । जसका लागि उनले ७ करोड पारिश्रमिक लिएको बताइएको छ ।

त्यस्तै टेलिभिजनका रोमान्टिक हिरो करण सिंह ग्रोवर पनि यस फिल्ममा पाइलटको भूमिकामा देखिएका छन् । उनले फिल्मका लागि दुई करोड लिएको बताइएको छ ।

यस फिल्मको कुल बजेट २५० करोड भारतीय रुपैयाँ बताइएको छ । यो भारतको पहिलो एरियल एक्सन फिल्म हुनेछ । यसको भीएफएक्स पनि शानदार रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved