स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

नेपालभ्युज

स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित आफ्नै निवासमा मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष जोशीले लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी थिइन् । उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सदस्य पनि थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved