प्रधानमन्त्री कप क्रिकेटमा मधेसको सनसनी, एपीएफलाई दियो पाँच विकेटले माथ

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २४७ रनको लक्ष्य मधेसले १२ बल अघि नै ५ विकेट गुमाएर भेट्टाएको हो । मधेसका ३ खेलाडीले अर्धशतक बनाएपछि एपीएफ स्तब्ध भएको थियो ।

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा मधेसको सनसनी, एपीएफलाई दियो पाँच विकेटले माथ

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशले बलियो मानिएको एपीएफलाई आज पाँच विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २४७ रनको लक्ष्य मधेसले १२ बल अघि नै ५ विकेट गुमाएर भेट्टाएको हो । मधेसका ३ खेलाडीले अर्धशतक बनाएपछि एपीएफ स्तब्ध भएको थियो ।

मधेसका लागि रुपेश सिंह ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ७२ रन बनाए । यस्तै पवन सराफले ६६ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ६४ रन बनाए । निरन यादवले ७० बलमा ३ चौका र २ छक्का मद्धतमा ५२ रन जोडे।

एपीएफका लागि रमेश कुर्मी र रोहित पौडेलले २-२ तथा मौसम ढकालले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा २४६ रन बनाएको थियो । तर, राष्ट्रिय खेलाडीले भरिएको एपीएफले मधेससँगको हार टार्न सकेन ।

एपीएफका आसिफ शेख र कप्तान रोहित पौडेलले अर्धशतक बनाएका थिए । आसिफले ५९ र रोहितले ५८ रन बनाएका थिए। अमर रौतेला ४९ रनमा अविजित रहे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved