भारतको थोक मुद्रास्फीति ०.७३ प्रतिशतले बढ्यो

नेपालभ्युज

भारतको थोक मुद्रास्फीति ०.७३ प्रतिशतले बढ्यो

काठमाडौं । भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) डिसेम्बर २०२३ मा गत वर्षको तुलनामा ०.७३ प्रतिशतले बढेको छ । देशको वाणिज्य र उद्योग मन्त्रालयले यसबारेमा जानकारी गराएको हो ।

डिसेम्बरमा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्यान्न, मेसिनरी र उपकरण, यातायात उपकरण र कम्प्युटर, इलेक्ट्रोनिक्स र अप्टिकल उत्पादनहरू आदिको मूल्यमा भएको वृद्धिको कारण रहेको बताइएको छ । यसैबिच, डिसेम्बर २०२३ मा भारतको व्यापारिक निर्यात ३८.४५ बिलियन अमेरिकी डलरमा दर्ता भएको थियो । जुन गत वर्षको तुलनामा १ प्रतिशतले बढी हो ।

निकासीको वृद्धिमा प्रमुख योगदानकर्तामा इन्जिनियरिङ सामान, फलाम, रत्न तथा आभूषण, इलेक्ट्रोनिक सामान तथा औषधि समावेश छन् । डिसेम्बर २०२३ मा १०.०४ अर्ब अमेरिकी डलर बराबरको इन्जिनियरिङ सामान निर्यात भएको थियो । जुन चालु आर्थिक वर्षमा अहिलेसम्मकै उच्च मासिक इन्जिनियरिङ सामानको निर्यात हो ।

भारतको आर्थिक वर्ष प्रत्येक वर्ष अप्रिल १ मा सुरु हुन्छ र अर्को वर्षको मार्च ३१ मा समाप्त हुन्छ । अप्रिल–डिसेम्बरमा भारतको समग्र व्यापार घाटा वर्षको तुलनामा ३५.८७ प्रतिशतले बढेर २०२३ मा ६९.३४ बिलियन अमेरिकी डलर पुगेको छ भने समान अवधिमा व्यापार घाटा ११.४५ प्रतिशतले बढेर १८८.०२ अर्ब अमेरिकी डलरमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved