पटाका कारखानामा विष्फोटहुँदा थाइल्याण्डमा कम्तिमा २३ जनाको मृत्यु

नेपालभ्युज

पटाका कारखानामा विष्फोटहुँदा थाइल्याण्डमा कम्तिमा २३ जनाको मृत्यु

काठमाडौं । थाइल्याण्डको पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी बैंककबाट ६० माइल उत्तर पश्चिममा रहेको कारखानामा विस्फोटहुँदा अन्य केही घाइते भएका छन् ।

विस्फोटको कारण अझै खुलेको छैन । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको स्काइ न्यूजले जनाएको छ । विष्फोटका कारण नजिकका अन्य संरचना क्षति नभएको प्रहरीले जनाएको छ ।

सरकारले कारखानाको बैधताबारे अनुसन्धान गर्न निर्देशन दिएको छ । थाइल्याण्डमा पटका र अन्य आतिशबाजी उत्पादन गर्ने कारखानामा विष्फोटका घटनाहरु पछिल्लो समय समान्य हुन थालेका छन् ।

गत वर्ष सुङ्गई कोलोक सहरमा एउटा आतशबाजीको गोदाममा विस्फोटहुँदा १० जनाको मृत्यु भएको थियो । गत वर्ष नै उत्तरी सहर चियाङ माईमा पटका कारखानामा विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved