बुढानीलकण्ठका महिला समूह : एकजना सदस्य फेर्नकै लागि सरकारी बजेट लिएर बन्दिपुर !

नगरपालिका र वडामार्फत विभिन्न शीर्षकका बजेट लिने तर सृजनशील र उत्पादनशील कामभन्दा घुम्नेडुल्ने काममा खर्च गरिरहेको देखिएको छ । विभिन्न पार्टीका कमिटीमा रहेका महिलाको हालीमुहाली रहेका महिला समूहले नगरपालिकाबाट बर्सेनि लाखौँ बजेट हात पार्ने गर्छन् ।

नेपालभ्युज

बुढानीलकण्ठका महिला समूह : एकजना सदस्य फेर्नकै लागि सरकारी बजेट लिएर बन्दिपुर !

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा दर्जनौँ सङ्ख्यामा रहेका महिला समूहले सरकारी बजेट लिएर दुरुपयोग गरिरहेको भेटिएको छ ।

नगरपालिका र वडामार्फत विभिन्न शीर्षकका बजेट लिने तर सृजनशील र उत्पादनशील कामभन्दा घुम्नेडुल्ने काममा खर्च गरिरहेको देखिएको छ ।

विभिन्न पार्टीका कमिटीमा रहेका महिलाको हालीमुहाली रहेका महिला समूहले नगरपालिकाबाट बर्सेनि लाखौँ बजेट हात पार्ने गर्छन् । तर, ती बजेट के काममा खर्च भयो भनेर उनीहरूले देखाउन सकेका छैनन् ।

‘महिलामैत्री’ नामको एक समूहले केही दिनअघि बन्दीपुर पुगेर कार्यसमिति परिवर्तन गर्‍यो । सो समूहले एकजना सदस्य परिवर्तन गर्नकै लागि लाखौँ खर्च गरेको छ । तर, अध्यक्ष बिन्दा गौतम भने लामो समयदेखि पदमा छन् ।

‘महिलामैत्री समूह’ बन्दीपुरमा

उद्धव खरेल बुढानीलकण्ठ नगरपालिकाको मेयर हुँदा सल्लाहकार समिति सदस्य रहेकी गौतम अध्यक्ष रहेको सो संस्था नगरपालिकाको बजेटमा चलखेल गर्नेमा अगाडी छ ।

यस्तै बुढानीलकण्ठ १० मै रहेको अर्को समूह ‘कर्मशील महिला अभियान नेपाल’ पनि आफ्नो साधारणसभाका लागि रात बस्ने गरी डाँडागाउँ जाँदैछ ।नगरपालिकाको बजेट लिने तर कार्यालय बन्द गरेको सो महिला समूहले साधारणसभाकै लागि शुक्रबार डाँडागाउँ रिर्साेटमा लाखौँ खर्च गर्दैछ । वडाध्यक्षका भाइबुहारीको हालीमुहाली रहेको सो समूहले सिलाइ मेसिनलगायतका सामान काम नलाग्ने गरी थन्काएर राखेको छ ।

बजेट झ्वाम पार्न जनप्रतिनिधिका आफन्तको दुवै तिर हालीमुहाली छ । महिला समूहमा बसेर बजेट दुरुपयोग गर्नेहरू नगरपालिकाकै न्यायिक समितिमा समेत छन् ।

महिला समूहको नाममा बेथिति बढेपछि बुढानीलकण्ठ नगरपालिका वडा नं १० की जनप्रतिनिधि देवी रेग्मीले सामाजिक सञ्जालबाटै यसको विरोध गरेकी छिन् ।

उनले नगरपालिकालाई सचेत गराउँदै लेखेकी छिन् “महिला समूहहरूले गर्ने यस्ता कार्यक्रमप्रति नगरपालिकाको विशेष ध्यान जान जरुरी छ ।”

नगर प्रमुख मीठाराम अधिकारीले अहिलेसम्म बजेट दुरुपयोग भएको थाहा नभएको भन्दै महिला समूहहरुको गतिविधिमा निगरानी गर्ने बताए ।

उनले नेपालभ्युज सँग भने, ‘‘मेरो कार्यकालभन्दा अघि के थियो थाहा भएन । मलाई लाग्छ अहिले दुरुपयोग नहुनुपर्ने हो । नियमन गर्नेछु । दुरुपयोग भएको भए कारबाहीको दायरामा ल्याउने छु ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved