टाइगर कपको महिलातर्फ एपीएफ र आर्मी सेमिफाइनलमा

नेपालभ्युज

टाइगर कपको महिलातर्फ एपीएफ र आर्मी सेमिफाइनलमा

काठमाडौं। पोखरामा जारी टाइगर कप भलिवलमा महिलातर्फ एपीएफ र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन्।

गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।

एपीएफले गण्डकीलाई २५–१६,२५–९ र २५–१७ ले पराजित गरेको थियो ।

बुधबार भएको खेलमा न्यू डायमण्डले हरियाणालाई ३–० को सोझो सेटमा पराजित गरेसँगै आर्मीको सेमिफाइनलमा स्थान बनेको हो ।

न्यू डायमण्डले हरियाणालाई २५–१७, २५–१८ र २५–१६ ले हराएको छ ।

आजको खेल जितेसँगै ६ अंकसहित न्यू डायमण्ड समूह बीको विजेता बनेको छ । २ अंक भएको आर्मी उपविजेता बनेको छ।

सेमिफाइनलमा न्यू डायमण्ड र नेपाल पुलिस क्लब तथा आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved