ग्लोबल आइएमईका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

नेपालभ्युज

ग्लोबल आइएमईका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरूले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकको क्रेडिट कार्ड बाहकहरूलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरूले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० सम्म छुट पाउनेछन् । उक्त छुट योजना यही माघ महिना भरी मात्र लागू हुनेछ ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ । यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरूमा उपलब्ध रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved