पतिविरुद्ध प्रदर्शन गर्न गएकी आरती रावल सर्वोच्चको गेटबाट पक्राउ

नेपालभ्युज

पतिविरुद्ध प्रदर्शन गर्न गएकी आरती रावल सर्वोच्चको गेटबाट पक्राउ

काठमाडौं । सर्वोच्च अदालत पुगेर विरोध प्रदर्शनको प्रयास गरेकी न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई प्रहरीले गेटबाटै नियन्त्रणमा लिएको हो । यसअघि उनले तीन दिनअघि सर्वोच्च अदालत गएर आत्मदाह प्रयास गरेकी थिइन् । उनलाई त्यो बलामा पनि प्रहरीले गेटबाटै नियन्त्रणमा लियो ।

निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले आफूलाई पतिले बलात्कार गरेको आरोप लगाएकी छिन् ।

रावलले आफ्ना पति भुवन गिरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । सो मुद्दाको सुनुवाइ नजिकिँदै गर्दा उनी सर्वोच्चको गेटमा प्रदर्शन गर्न गएकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved