मकर संक्रान्तिमा कस्तो चिज दान गर्दा हुन्छ पुण्य ?

नेपालभ्युज

मकर संक्रान्तिमा कस्तो चिज दान गर्दा हुन्छ पुण्य ?

एजेन्सी । हिन्दु धर्ममा मकर संक्रान्ति अर्थात माघे संक्रान्तिलाई एउटा विशेष पर्वको रुपमा लिइन्छ । यस दिन पवित्र नदीमा स्नान पूजा गरेपछि दान गर्नुपर्ने मान्यता छ ।

आउनुहोस् जानौं धर्मशास्त्रअनुसार माघे संक्रान्तिमा के चीज दान गर्दा पुण्य प्राप्त हुन्छ ।

  • मकर संक्रान्तिमा कालो तिल दान गर्नु महत्वपूर्ण मानिन्छ । खासगरी यस दिन सूर्य, मकर राशीमा प्रवेश गर्छन् र मकर शनि देवको राशी हो । यस्तोमा शनि देवसँग जोडिएका चीज दान गर्नु राम्रो मानिन्छ ।
  • यस दिन सूर्यलाई पूजा गरिन्छ र जलमा कालो तिल मिसाएर अर्घ्य दिँदा भगवान सूर्य प्रसन्न हुने मान्यता छ ।
  • गुडको सम्बन्ध गुरु देवसँग हुन्छ र यस दिन गुडको दान गर्दा गुरु तथा सूर्यसँग जोडिएका समस्या समाधान हुन्छन् भन्ने शास्त्रमा उल्लेख छ ।
  • मकर संक्रान्तिका बेला जाडो हुने भएकाले पनि होला यतिबेला कम्बल दान गर्नु पनि एकदमै राम्रो मानिन्छ ।
  • यस्तो मान्यता छ कि मकर संक्रान्तिका दिन खिचडी अवश्य खानुपर्छ र साथमा यसलाई दान गर्नु पनि शुभ मानिन्छ । गरीब दुःखीलाई यस दिन खिचडी खुवाउँदा शनिका दोष भाग्ने मान्यता छ ।
  • शास्त्रका अनुसार घ्यूको सम्बन्ध सूर्य र गुरुसँग हुन्छ । त्यसैले यस दिन घ्यूको दान गर्दा शनि र गुरु दुवैको कृपा बनिरहन्छ भनिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved