माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो हप्ता

नेपालभ्युज

माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो हप्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन फागुनको पहिलो हप्ता हुने भएको छ । शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको हो ।

बैठकले सो सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले राष्ट्रिय सभा निर्वाचनको तयारीको लागि पार्टीको तर्फबाट पनि समन्वय समिति बनाएको छ । पार्टी प्रवक्ता सापकोटाकाअनुसार माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टी स्थायी कमिटीको अर्को बैठक माघ २६ गते बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रवक्ता सापकोटाले भने, ‘सबैभन्दा मुख्य एजेण्डा विधान सम्मेलन हो । विधान सम्मेलनको बारेमा फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भयो । त्यसका लागि प्रतिनिधिहरु छान्ने क्राईटेरियाहरु पनि तय गरिएको छ ।’

माओवादी केन्द्रले हालै सम्पन्न पार्टीको विशेष रुपान्तरण अभियानले पार्टीका नेता, कार्यकर्ताहरुको मूल्यांकनको वस्तुवादी आधार तयार पारेको प्रारम्भिक विश्लेषण गर्दै त्यसको विस्तृत छलफल आगामी माघ २६ गते बोलाइएको स्थायी कमिटी बैठकमा गर्ने निर्णय पनि गरेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved