यस्तो स्वास्थ्य समस्यामा फाइदाजनक हुन्छ गुड

नेपालभ्युज

यस्तो स्वास्थ्य समस्यामा फाइदाजनक हुन्छ गुड

एजेन्सी । गुडलाई एउटा सुपरफुड पनि मानिन्छ । यसमा फाइबर, कार्बोहाइड्रेट,  प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, जिंक, आइरन आदि जस्ता धेरै पोषक तत्वहरु पाइन्छन् । अझ जाडोमा यसको सेवन गर्नु सबैभन्दा राम्रो मानिन्छ । आउनुहोस् यसलाई कस्ता समस्या हुँदा प्रयोग गर्न सकिन्छ भन्नेबारे जानौं ।

हड्डी
गुडमा आइरन भरपूर मात्रामा हुन्छ । जसले शरीरका हड्डी तथा मांसपेशीहरुलाई बलियो बनाउने काम गर्छ । तपाईं हड्डी कमजोर भएको बेला पनि यसको सेवन गर्न सक्नुहुन्छ ।

एनीमिया
गुडलाई आइरनको सबैभन्दा राम्रो स्रोत मानिन्छ । यस्तोमा यसको सेवनले रगतको कमी हुँदैन । जसले गर्दा यदी एनीमियाको समस्या छ भने पनि यसको नियमित सेवन गर्नुहोस् ।

पाचन
जाडो मौसममा विशेषगरी कब्जियत जस्ता समस्या धेरै हुन्छ । यस्तोमा तपाईंले गुडको सेवन गर्नु पर्दछ । यसले तपाईंको पाचन प्रणाली राम्रो बनाउँछ ।

रुघाखोकी

जाडोमा हुने रुघाखोकी कम गर्नका लागि पनि तपाईं गुडको पानी वा चिया पिउन सक्नुहुन्छ । यसले घाँटी पोल्ने तथा दुखेको पनि निको हुन्छ ।

कति खाने ?

यदी तपाईं दैनिक रुपमा गुड खान चाहनुहुन्छ भने लगभग १० ग्राम गुड एक दिनका लागि प्रर्याप्त हुन्छ । यो भन्दा धेरै गुडको नियमित सेवनले स्वास्थ्यमा बेफाइदा पनि गर्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved