पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालभ्युज

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरि मनाईंदैछ । विसं १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ ।

उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

पृथ्वीजयन्ती समारोह नागरिक समिति, राष्ट्रिय एकता तथा पृथ्वी विचार अभियान, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतले पृथ्वीनारायण शाहको स्मरण गर्दै सिंहदरबार अगाडिको सालिकमा माल्यार्पण गर्दैछन् ।

त्यस्तै राप्रपाले पनि आज काठमाडौंसहित मुलुकभर विभिन्न औपचारिक कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउदै छ ।
२००७ सालपछि राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२ / ०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो ।

यद्यपि यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने वर्षेनी हुँदै आएका छन् । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।

शाहको ५२ वर्षको उमेरमा विसं १८३१ सालमा नुवाकोटको देवीघाटमा निधन भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved