पूर्वी तथा मध्यपहाडी भेगमा आंशिक बदली, तराईमा बाक्लो हुस्सु

नेपालभ्युज

पूर्वी तथा मध्यपहाडी भेगमा आंशिक बदली, तराईमा बाक्लो हुस्सु

काठमाडौं । आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । तराईका अधिकांश भू–भागमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्ने छ । महाशाखाका अनुसार आज राति कर्णाली, सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने  छ ।

हुस्सु, कुहिरो तथा शितलहरका कारण तराईको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । त्यस्तै चिसोबाट बच्न आवश्यक उपायहरु तथा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved