एपीएफ क्रिकेट क्लबको कप्तानमा रोहित, प्रशिक्षकमा ज्ञानेन्द्र

नेपालभ्युज

एपीएफ क्रिकेट क्लबको कप्तानमा रोहित, प्रशिक्षकमा ज्ञानेन्द्र

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल एपीएफ क्लबमा आबद्ध भएका छन् ।

बिहीबार एपीएफले रोहित र मल्लसँग सम्झौता गरेको हो । शनिबारदेखि सुरू हुने प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै एपीएफले रोहित र ज्ञानेन्द्रलाई टोलीमा जोडेको हो।

रोहितले एपीएफको कप्तानी गर्नेछन् । यसअघि रोहितले त्रिभुवन आर्मी क्लबको कप्तानको भूमिका निर्वाह गर्दै आएका थिए ।

ज्ञानेन्द्रले भने टोलीको प्रशिक्षकका रूपमा एपीएफमा आबद्ध भएका छन् । ज्ञानेन्द्रले गत साउनमा क्रिकेटबाट सन्न्यास लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved