नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन कैलालीमा आजदेखि सुरु

नेतृत्वमा चौधरी आफै आउने तयारीमा

नेपालभ्युज

नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन कैलालीमा आजदेखि सुरु

काठमाडौं । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि सुरु हुदै छ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको अधिवेशन कैलालीको टीकापुरमा हुन लागेको हो । आजदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी भएको सो पार्टीले जनाएको छ । आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने तयारी गरिएको छ । जेलमा रहेका बेला स्थापना गरेको पार्टीको नेतृत्व आफै सम्हाल्ने योजनामा चौधरी छन् ।

महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।

०७९ सालको आम निर्वाचनमा पहिलो पटक भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल बनेको छ । टीकापुर घटनापछि जेल परेका संरक्षक चौधरीले जेलबाटै श्रीमती चौधरीलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved