आज चारवटा संसदीय समितिका बैठक बस्दै

नेपालभ्युज

आज चारवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका विभिन्न संसदीय समितिले आज पनि बैठक बोलाएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरोकारवालासँग छलफल गर्न लागेका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहान साढे ११ बजे बैठक बोलाएको छ । बैठकमा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परिक्षा बोर्डसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा जारी छलफललाई निरन्तरता दिन लागको हो । यसकालागि समितिले  दिउँसो २ बजे बैठक बोलाएको छ ।

विहान ८ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

त्यस्तै,
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दिउँसो १ बजे बैठक बोलाएको छ । बैठकमा श्रमिकको हित विपरीत हुनेगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेका निर्णयका सन्दर्भमा विभागीय मन्त्री शरतसिंह भण्डारीसँग नीतिगत छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved