तनहुँमा १२ जना सवार जीप दुर्घटना, चार गम्भीर

नेपालभ्युज

तनहुँमा १२ जना सवार जीप दुर्घटना, चार गम्भीर

काठमाडौं । पोखराबाट पाल्पा जाँदै गरेको जिप दुर्घटना भएको छ । आज बिहान तनहुँको भिमाद नगरपालिका–३ मा ग १ ज ६३५६ जीप नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जीपमा १२ जना सवार थिए । जीप सडकबाट करिब एकसय ५० मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं डिएसपी मोहनबहादुर खाणले दुर्घटनामा १२ जना घाइते भएको नेपाल भ्युजलाई बताए । ‘ उपचारका लागि तीन जनालाई पोखरा लगिएको छ,’ उनले भने, ‘आठ घाइतेको तनहुँमा उपचार भइरहेको छ ।’ उनले दुर्घटनामा चारवजना गम्भीर रहेको बताए ।

चालक प्रहरी नियन्त्रणमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved