फुटेको कुर्कुच्चामा लगाउनुहोस् यो तेल, छिट्टै निको हुनेछ

नेपालभ्युज

फुटेको कुर्कुच्चामा लगाउनुहोस् यो तेल, छिट्टै निको हुनेछ

एजेन्सी । विशेषगरी जाडोमा खुट्टा फुट्ने समस्या अत्यधिक हुन्छ । कतिपय अवस्थामा यसले निकै दु:ख दिन्छ । त्यसैले खुट्टाको छालालाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । यदि तपाईंको पनि कुर्कुच्चा फुटेको छ भने नरिवलको तेलले सजिलै ठिक पार्न सक्नुहुन्छ ।

  • फुटेको कुर्कुच्चामा नरिवलको तेल लगाउँदा छिटो राहत पाइन्छ । दैनिक रुपमा रातमा यसले मसाज गर्दा पैतला नरम हुन्छन् र फुटेको कुर्कुच्चा निको हुन्छ ।
  • नरिवलको तेलको प्रयोग गर्दा कुर्कुच्चा मुलायम हुन्छन् । यसले फुटेको समस्या कम गर्न सकिन्छ ।
  • नरिवलको तेलले खुट्टालाई हाइड्रेट राख्छ । जसले गर्दा खुट्टा फुट्ने तथा रुखो हुने समस्या कम हुन्छ ।
  • रातको समयमा नरिवलको तेल खुट्टामा लगाउनुहोस् । चिल्लो खुट्टामा रातभर मोजा लगाएर सुत्नुहोस् । बिहान एकदमै फरक महसुस गर्नुहुनेछ ।
  • फुटेको खुट्टामा नरिवलको तेल र ग्लिसीरिन मिसाएर पनि लगाउन सकिन्छ । यसले अझ धेरै प्रभाव पार्छ र खुट्टा फुट्न निको हुन्छ ।
  • नरिवलको तेलमा मह मिसाएर पनि खुट्टाको मसाज गर्न सकिन्छ । यसले खुट्टा घामले जलेको वा कालोपन पनि कम हुन्छ । साथमा छाला चम्किलो तथा चिल्लो पनि हुन्छ ।
  • कयौँ पटक उमेर बढ्ने र भिटामिनको कमीले पनि खुट्टा फुट्न थाल्छन् । यसले छाला लचिलो हुँदैन । जसले गर्दा फुट्न थाल्छ । त्यसैले यसको कारण पत्ता लगाएर उपचार गर्दा यस्तो समस्याबाट छुट्कारा पाइन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved