प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तागठबन्धनको बैठक

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तागठबन्धनको बैठक
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तागठबन्धनको बैठक बोलाएका छन् । राष्ट्रियसभा निर्वाचनको तयारीलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले अहिले साँझका लागि बैठक बोलाएको जनाइएको छ ।

बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको हो ।

बैठक राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका दलहरुबीच अन्तर पार्टी समन्वयलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुने बताइएको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनका दलबाट कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved