राष्ट्रियसभा निर्वाचन

सुदूरपश्चिममा गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता

नेपालभ्युज

सुदूरपश्चिममा गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता

धनगढी । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट गठबन्धन दल नेकपा एमालेले उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गठबन्धनतर्फ कांग्रेस कैलालीका सभापतिसमेत रहेका नारायणदत्त भट्ट, कञ्चनपुरका पूर्व सभापति बलदेव बोहरा,नेकपा माओवादी केन्द्रकबाट बैतडीकी रेणु चन्दलाई उमेदवार बनाएको हो।

गठबन्धनबाट उम्मेवार बनाएसँगै आज सोमबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। भट्ट २०६२ र ६३ सालको जनआन्दोलनमा घाईते भएका थिए।

बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति, २०६४ सालमा संविधानसभा सदस्य हुन् । यस्तै माओवादी केन्द्रकी चन्द पूर्व संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन्।

त्यस्तै सुदूरपश्चिम प्रदेशबाट नेकपा एमालेले पनि उम्मेदवारी दर्ता गराएका छन्। सुदूरपश्चिमबाट नेकपा एमाले उम्मेदवार बनेका सावित्रादेवी घिमिरे, ईश्वरीप्रसाद खरेल र रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।

सावित्रा (महिला), ईश्वरीप्रसाद(अन्य), र रामचन्द्र(अपांगतारअल्पसंख्यक) मा उम्मेदवारको नाम टुंग्याएको थियो। माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको समय छ।माघ ११ गते बिहीबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार हिजो आइतबार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको थियो।

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्य तर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved