बरहथवा घटना : पीडित परिवार र प्रशासनबीच सहमति 

नेपालभ्युज

बरहथवा घटना : पीडित परिवार र प्रशासनबीच सहमति 

काठमाडौं । प्राथमिक स्वास्थ्य केन्द्र, बरहथवाको स्तरोन्नतिको विवादमा भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको ज्यान गएको घटनामा तीन दिनपछि पीडित परिवार र प्रशासनबीच सहमति भएको छ । सहमतिसँगै घटनास्थलबाट शव उठ्ने भएको हो ।

शुक्रबार दिउँसो बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना भएको तेस्रो दिनसम्म समेत साहको शव घटनास्थलमै रहेपछि जिल्ला प्रशासन कार्यालयले सहमतिको प्रयास गरेको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलमा पीडित पक्ष, आन्दोलनकारी र सरोकारवालाहरूको बीचमा सहमति भएको छ । पीडित परिवार र स्थानियले १० बुँदे माग गरेर आन्दोलन गरिरहेका थिए ।

बरहथवा घटना : यसैवर्ष बुहारी भित्र्याउने ‘विधवा’ आमाको इच्छा नपुर्‍याउँदै प्रहरीको गोलीले ढले जयशंकर

गोली चलाउने र आदेश दिनेलाई निलम्बन गर्नुपर्ने, ५० बेडको प्रादेशिक अस्पताल कायम गर्नुपर्ने, मृतकको परिवारका एक सदस्यलाई सरकारी जागिरको व्यवस्था गर्नुपर्ने सहमति भएको हो ।
माग पुरा भएपछि  शव उठाउने सहमति भएको छ । गृह मन्त्रालयले शनिबार मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र घटनाको छानबिनका लागि समिति गठन गरे पनि अहिले आन्दोलन रोकिएको थिएन ।

यता, आन्दोलनको क्रममा गोली चलाएको आरोप लागेका प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्लामा तानिएका छन् । इलाका प्रहरी कार्यालय, बरहथवामा कार्यरत यादवलाई जिल्लामा तानेर घटनाको छानविन गरिरहेको सर्लाहीका एसपी प्रविण धितालले जानकारी दिए ।

सम्बन्धित समाचार-

बरहथवा घटना : मृतकका परिवारलाई १० लाख क्षतिपुर्ति दिइने, छानबिन समिति गठन

सर्लाहीको बरहथवा अझै तनावग्रस्त स् निषेधाज्ञा जारी, सडकमै शव राखेर प्रदर्शन

सर्लाहीका सिडिओ भन्छन्–संयमता अपनाइदिनूहोस्, बरहथवा घटनाका दोषीलाई कारबाही गर्छु

बरहथवा घटनाको विरोधमा तरुण दलले निकाल्यो लालबन्दीमा मसाल जुलुस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved