सर्लाहीका सिडिओ भन्छन्–संयमता अपनाइदिनूहोस्, बरहथवा घटनाका दोषीलाई कारबाही गर्छु

शुक्रबार प्रहरीको गोली लागेर युवा व्यवसायी जयशंकर प्रसाद साहको मृत्यु भएको थियो । अहिलेसम्म पनि उनको शवलाई सडकमै राखेर स्थानीयवासी आन्दोलित छन् ।

नेपालभ्युज

सर्लाहीका सिडिओ भन्छन्–संयमता अपनाइदिनूहोस्, बरहथवा घटनाका दोषीलाई कारबाही गर्छु

काठमाडौं । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बरहथवा घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले जिल्ला सुरक्षा समितिले जारी गरेको अपिलमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

शनिबार एक अपिल जारी गर्दै सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी धमलाले मानवीय क्षतिको उचित सम्बोधनकोसमेत प्रतिबद्धता जनाएका छन् ।

‘यस घटनालाई लिएर थप अप्रिय घटना घट्न नदिन जिल्ला सुरक्षा समिति सर्लाही संवेदनशील छ,’ जारी गरिएको अपिलमा भनिएको छ, ‘वार्ता र संवादको माध्यमबाट समस्या समाधानको पहल भइरहेको छ ।’

जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, आम सञ्चारजगतलगायतमा संयमता अपनाइदिन अपिल गरिएको छ ।

शुक्रबार प्रहरीको गोली लागेर युवा व्यवसायी जयशंकर प्रसाद साहको मृत्यु भएको थियो । अहिलेसम्म पनि उनको शवलाई सडकमै राखेर स्थानीयवासी आन्दोलित छन् ।

वडा नम्बर ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि शुक्रबार प्रदर्शन भएको थियो ।

आज बिहान ८ बजेदेखि प्रशासनले भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved