बरहथवा घटनाको विरोधमा तरुण दलले निकाल्यो लालबन्दीमा मसाल जुलुस

नेपालभ्युज

बरहथवा घटनाको विरोधमा तरुण दलले निकाल्यो लालबन्दीमा मसाल जुलुस

लालबन्दी । शुक्रबार बरहथवामा प्रहरीको गोली लागि एक युवकको मृत्यु भएपछि त्यसको चौतर्फी विरोध भएको छ । यसै क्रममा घटनाको विरोधमा तरुण दलले पनि लालबन्दीमा मसाल जुलुस निकालेको छ ।

तरुण दलका केन्द्रीय सदस्य विभुसिंह थापाको नेतृत्वमा लालबन्दीमा विरोध गरिएको हो । तरुण दलमा आवद्ध युवाहरुले लालबन्दीमा शनिबार साँझ मसाल जुलुस प्रदर्शन गर्दै घटनाको विरोध जनाएका हुन् ।

उनीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै विरोध जनाएको तरुण दलका एक सदस्यले बताएका छन् ।

बरहथवामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागि स्थानीय जयशंकर साहको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved