सर्लाहीको बरहथवा अझै तनावग्रस्त : निषेधाज्ञा जारी, सडकमै शव राखेर प्रदर्शन

सर्लाहीको बरहथवा अझै तनावग्रस्त : निषेधाज्ञा जारी, सडकमै शव राखेर प्रदर्शन

सर्लाही । सर्लाहीको बरहथवा घटनामा प्रहरीको गोलीबाट शुक्रबार मृत्यु भएका युवकको शव अझै उठ्न सकेको छैन । प्रदर्शनकारी युवकको शव नियन्त्रणमा लिई प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले गोली प्रहार गर्ने र आदेश दिने दुवैलाई कारबाही, क्षतिपूर्तिलगायतको माग राख्दै प्रदर्शन गरिरहेका हुन्।

नगरपालिकाको नगरप्रमुख कल्पनाकुमारी कटुवालको हठबादीबाट उब्जिएको प्रतिकूल परिस्थितिलाई प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर ६ सय मिटरको दुरीमा घर जाँदै गरेका बरहथवा नपा ६ का ३० वर्षीय जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीयले प्रदर्शनमा सहभागी नै नभएका पसल बन्द गरेर घरतर्फ जाँदै गरेका युवक साहलाई ताकेर टाउकोमा प्रहरीले गोली प्रहार गरेको आरोप लगाएका छन् ।

स्थानीयले कर्फ्यु लगाएर घटनाको ढाकछोप प्रयास गरिरहेको आरोप लगाएका छन् । गोली प्रहारबाट साहको मृत्यु भचएपछि सो स्थानमा प्रदर्शनकारीहरुको उपस्थिति बाक्लो रहेको हुँदा सुरक्षाकर्मीहरु त्यसतर्फ जान सकेका छैनन् ।

अहिले स्थानीय प्रशासनले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । आइतवार बिहान ८ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवाको अवस्था निकै तनावपूर्ण रहँदा शुक्रबार साँझ साढे ५ बजे देखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved