लगन गाँठो कस्दै रश्मिका मन्दना, कोसँग गर्दैछिन् बिहे ?

नेपालभ्युज

लगन गाँठो कस्दै रश्मिका मन्दना, कोसँग गर्दैछिन् बिहे ?

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना विवाह बन्धनमा बाँधिदैछिन् । उनले अभिनेता विजय देवरकोन्डासँग बिहे गर्न लागेको भारतीय संचार माध्यमले जनाएका छन् ।

रश्मिका र विजय बेहुला–बेहुली भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तर, उनीहरुले विहे भने गरेका होइनन् ।

यी दुवै गीता गोनिन्दम फिल्मको सुटिङको बेला एकअर्काको नजिक भएका थिए । यो फिल्मपछि विजय र रश्मिका डियर कमरेडमा देखिएका थिए । यो फिल्मले दर्शकको मन खासै जित्न सकेन । लामो समयदेखि यी दुईले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको थियो ।

रश्मिका हरेक चाडपर्वमा विजयको घर जाने गरेको हल्ला पनि चलिरहेको छ । केही समयअघि दुवै मल्दिभ्समा छुट्टी मनाउन गएको खबर पनि आएको थियो ।

समाचारअनुसार फेब्रुअरीको दोस्रो हप्ता यो जोडीको इन्ङगेजमेन्ट हुँदैछ ।

विजय हालै मात्र सामन्था रुथ प्रभुको साथमा खुसी फिल्ममा देखिएका थिए । रश्मीका पुस्पा-२ मा व्यस्त छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved