बंगलादेशमा आज आम निर्वाचन, विपक्षी दलको बहिष्कार

नेपालभ्युज

बंगलादेशमा आज आम निर्वाचन, विपक्षी दलको बहिष्कार

काठमाडौं । विपक्षी दलको बहिष्कारका बाबजुद बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । २ सय १९ सांसद चयनका लागि आमनिर्वाचन हुन लागेको हो । निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार मैदानमा उत्रिएका छन् । करिव १० करोड मतदाताले मताधिकार प्रयोग गर्ने आँकलन गरिएको छ । मतदानका लागि देशभर ४० हजार मतदान केन्द्र तोकिएको छ ।

विपक्षी दलहरुले बहिष्कार गरेको यो निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने देखिन्छ । मुख्य विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टीले भाग नलिएको यो चुनावलाई अन्र्तराष्ट्रिय समुदायले मान्यता नदिने सम्भावना छ ।

पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल हालेपछि बंगलादेशको आन्तरिक राजनीति संकटमा जेलिदै गएको छ । ७३ वर्षीय जियालाई भ्रष्टाचारको आरोपमा ढाकास्थित काराबासमा राखिएको छ ।

आजको चुनावपछि बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाले ४ पटकसम्म बंगलादेशको नेतृत्व गर्ने इतिहास बनाउने छिन् । निर्वाचनलाई मध्यनजर गर्दै ६ लाख सुरक्षाकर्मी खटाइए पनि निर्वाचन प्रचारप्रसारको क्रममा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’को राजीनामाको माग गर्दै शनिबारदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ ।

बिएनपीले सरकारको राजीनामा, अक्टोबरको अन्त्यदेखि पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाई र पार्टी प्रमुख खालिदा जियाको बिनाशर्त रिहाइको माग गरेको छ ।

बीएनपी र सरकारविद्धको आन्दोलनमा समान धारणा राख्ने दलहरूले अक्टोबर २९ देखि गरेको यो पाँचौं हडताल हो । विपक्षी दलहरूले यस अवधिमा १२ चरणमा २३ दिनसम्म देशव्यापी विरोधका कार्यक्रम गरेका छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved