कम्बल र सिरकको दुर्गन्ध हटाउन अपनाउनुहोस् यस्ता उपाय

नेपालभ्युज

कम्बल र सिरकको दुर्गन्ध हटाउन अपनाउनुहोस् यस्ता उपाय

एजेन्सी । तपाईंलाई पनि जाडोमा ओढ्ने सिरक वा ब्ल्यांकेट, कम्बलबाट आउने दुर्गन्धले सताइरहेको छ भने केही उपाय अपनाउन सक्नुहुन्छ ।

कम्बल तथा सिरकमा ओस पर्‍यो भने चिसोमा दुर्गन्ध आउने समस्या हुनु स्वभाविक हो । यसका लागि तपाईंले हप्तामा दुई तीनपटक आधा घण्टा भए पनि घाममा सुकाउनुहोस् । विशेषज्ञका अनुसार घाममा यसरी सिरक तथा कब्बल सुकाउँदा त्यसको चिसोपन निस्कन्छ साथमा दुर्गन्धबाट पनि छुट्कारा पाइन्छ ।

कहिलेकाँही तपाईंको सानो गल्तीले पनि कपडामा दुर्गन्ध आउने समस्या हुन्छ । कतिपय मानिसको बानी हुन्छ बाहिरबाट आएपछि हातखुट्टा सफासँग नधोइकन सिधा कम्बल वा सिरकभित्र पस्ने । जसले गर्दा सिरक तथा कम्बलबाट नराम्रो गन्ध आउन थाल्छ ।

यसबाहेक कतिपय मानिस जाडोमा बेडमै बसेर खाना खाने, वा अन्य नास्ता लगायतको खानेकुरा बेडमै सिरक ओढेर खाने गर्छन् । जसले गर्दा खानेकुरा केही मात्रामा खस्दा खस्दै फोहोर बढ्दै जान्छ । जसले गर्दा बेडरुम तथा सिरक कम्बलबाट पनि दुर्गन्ध आउन थाल्छ । त्यसैले यस्तो गर्नबाट पनि बच्नु हुन्छ ।

साथमा तपाईं कपडामा सुगन्ध भर्नका लागि कपूरको प्रयोग पनि गर्न सक्नुहुन्छ । बेडको कुना कुनामा कपूर राख्ने तथा कपडालाई पट्याएर राख्दा त्यसभित्र कपूर राखेर पनि सुगन्धित बनाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved