भागबन्डा टुङ्ग्याउन बसेको गठबन्धनदलको बैठक सिटमा कुरा नमिलेपछि निष्कर्षविहीन

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरूले बढी सिट मागेपछि कुरा नमिलेको हो ।

नेपालभ्युज

भागबन्डा टुङ्ग्याउन बसेको गठबन्धनदलको बैठक सिटमा कुरा नमिलेपछि निष्कर्षविहीन
फाइल फोटो

काठमाडौं । दलहरूले धेरै सिट मागेपछि राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरूले बढी सिट मागेपछि कुरा नमिलेको हो ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले ‘प्रमुख दलले बढी सिट दाबी गरेपछि बैठक निष्कर्षमा पुग्न नसकेको,’ बताए ।

उनले भने, ‘दलले बढी सिट दाबी गरेपछि बैठक निष्कर्षमा पुग्न सकेन, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाबीच मुख्यगरी कुरा मिलेन ।’

बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको थियो ।

गठबन्धन दलको बैठकअघि शनिबार साँझ नै गठबन्धनमा सहभागी शीर्ष तीन दलको बैठक बसेको थियो ।

यसअघि बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो ।

योसँगै राष्ट्रिय सभामा रिक्त रहेका सिटहरू गठबन्धन दलहरूबिच नै भागबन्डा गर्ने निर्णय भए पनि सहमति जुट्न नसकेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved