ललितपुरको एसएसपीमा शेखर खनाल

नेपालभ्युज

ललितपुरको एसएसपीमा शेखर खनाल

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा प्रहरी वरिस्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई सरुवा गरेको छ ।

गत शुक्रबार कमजोर क्षमताका कारण बालकुमारी घटना हुन पुगेको भन्दै त्यसकै भोलिपल्ट ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहलाई कारबाही गरिएको थियो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले शाहको ठाउँमा खनाललाई काज सरुवा गरेका हुन् ।

पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनमा प्रहरीको दमनबाट दैलेख घर भएका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved