प्रधानमन्त्री नगएको धरान उत्सवमा पुगे बालेन, ज्येष्ठ सदस्यले गरिन् उद्घाटन

नेपालभ्युज

प्रधानमन्त्री नगएको धरान उत्सवमा पुगे बालेन, ज्येष्ठ सदस्यले गरिन् उद्घाटन

विराटनगर । धरान स्थापनाको १२३ वर्ष पुगेको अवसरमा आजदेखि धरान उत्सव सुरू भएको छ । पाँच दिनसम्म चल्ने उत्सवको धरानकी ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कटुवालले उत्सवको उद्घाटन गरिन् ।

उत्सव उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्त्याइएको थियो । तर, उनी धरान गएनन् । अनि १०३ वर्षीया चन्द्रमाया कट्टुवालले उत्सवको उद्घाटन गरिन् ।

उत्सवमा देशका विभिन्न स्थानीय तहहरुलाई निमन्त्रणा गरिएको छ । सोही अनुरुप काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह उत्सवमा पुगेका छन् ।

२०१७ सालमा नगरपालिका घोषणा भएको सम्झनामा उत्सव गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved