गोरखाका ६ वटा स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामग्री

नेपालभ्युज

गोरखाका ६ वटा स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामग्री

पुस । गोरखाका ६ वटा स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामग्री प्रदान गरिएको छ । सम्भव नेपालले एम्बुलेन्स र स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सो एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

सम्भव नेपालले उपलब्ध गराएको ‘ख’ वर्गको एम्बुलेन्स स्थानीय तहका प्रमुख, उपप्रमुखहरुलाई बिहीबार हस्तान्तरण गरिएको हो । सो क्रममा मुख्यमन्त्री पाण्डेले एम्बुलेन्सको सही सदुपयोग गर्न र व्यवस्थित रुपमा संचालन गर्न स्थानीय तहरुलाई अनुरोध गरे ।

अजिरकोटको भच्चेक आधारभूत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृती आधारभूत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दुर्बङ स्वास्थ्य चौकी, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी, चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

एम्बुलेन्ससँगै भ्याक्सीन रेफ्रिजियर (आईएलआर) वेड सेट, हिटर, डेलिभरी वेड, स्टेचर, स्पाईनल बोर्ड, ह्वील चियर लगायतका सामग्री पनि दिइएको छ । एम्बुलेन्स र स्वास्थ्य सामग्रीसहित २ करोड ३६ लाख रुपैयाँ बजेट खर्च भएको सम्भव नेपालले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved