संसारको सबैभन्दा गह्रौँ माछाको वजन थाहा पाएर पर्नुहुनेछ अचम्म

नेपालभ्युज

संसारको सबैभन्दा गह्रौँ माछाको वजन थाहा पाएर पर्नुहुनेछ अचम्म

एजेन्सी । संसारको सबैभन्दा ठूलो माछा ह्वेल शार्क हो । तर के तपाईंलाई थाहा छ, संसारको सबैभन्दा तौल भएको माछा कुन हो ?

संसारको सबैभन्दा गह्रौ माछा हेर्दा कुनै पत्थर जस्तो देखिन्छ । विशालकाय होली मोला माछालाई नै सबैभन्दा धेरै तौल भएको माछा मानिन्छ ।

यो माछाले समुद्री पपकर्न जसरी आफ्नो जीवन सुरु गर्छ र बढ्दा बढ्दै यसको तौल एकदमै धेरै हुन्छ । यी माछाको तौल करीब दुई सय पचास हजार किलोको आसपास हुने गर्छ । यो माछा हेर्दा पनि ढुंगा जस्तो देखिन्छ ।

महासागरमा पाइने यो माछालाई सनफिस पनि भनिन्छ । जसलाई सबैभन्दा धेरै तौल भएको जिउँदो माछाको रुपमा मानिन्छ ।

यसको लम्बाई ३ मिटरभन्दा धेरै पनि फैलिन्छ । ओशिन सनफिस, जायन्ट सनफिस, अलेक्जेड्रिनी तथा हुडविंकर सनफिस यसका प्रजाती हुन् । सन् २०२१ मा पोर्चुगलको अजोरेस द्वीपसमूह मा हार्टा हार्बरभन्दा टाढा फैयाल आईल्यान्डको नजिक एक मृत विशाल माछा पाइएको थियो ।

एउटा ट्रकको सहयोगले यो माछाको तौल लिइएको थियो । यो माछाको तौल २७४४ किलोग्राम निस्किएको थियो । साथमा उक्त मृत माछाको लम्बाई ३.५९ मिटर पाइएको थियो । यस आधारमा यो संसारको सबैभन्दा धेरै तौल भएको माछामा गनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved