विद्यालय शिक्षा विधेयक: यस्तो छ शिक्षक महासंघले राखेकाे ६१ बुँदे संशोधन प्रस्ताव (संशोधनसहित)

नेपालभ्युज

विद्यालय शिक्षा विधेयक: यस्तो छ शिक्षक महासंघले राखेकाे ६१ बुँदे संशोधन प्रस्ताव (संशोधनसहित)

काठमाडौं ।  नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा ६१ बुँदे संशोधन प्रस्ताव राखेको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बुधबार महासंघले संशोधन प्रस्ताव राखेको हो । महासंघले शिक्षकहरूलाई स्थानीय तह मातहत नराख्न भनेको छ ।

महासंघले विधेयकको परिभाषा समेत परिवर्तन गर्न सुझाव राखेको छ । प्रारम्भिक बाल विकास केन्द्रका अध्यापन कर्तालाई शिक्षक भन्ने र यस तहलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्ने माग महासंघको छ ।

राष्ट्रिय परीक्षा बोर्डमा शिक्षक महासंघको अध्यक्षलाई सदस्य बनाउनुपर्ने माग महासंघको छ ।

महासंघले शिक्षकको दरबन्दी आधारभूत तह(१–५) मा प्रधानाध्यापक बाहेक कक्षागत, आधारभूत तह(६–८) र माध्यमिक तहमा प्रधानाध्यापक बाहेक विषयगत शिक्षकको दरबन्दी कायम गर्नुपर्ने माग राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved