शिक्षकलाई स्थानीय तहमातहत नराख्न शिक्षक महासंघको आग्रह

नेपालभ्युज

शिक्षकलाई स्थानीय तहमातहत नराख्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुलाई स्थानीय तहमातहत नराख्ने गरी संविधान संशोधन गर्न माग गरेको छ ।

बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकको सम्बन्धमा कुरा राख्दै नेपाल शिक्षक महासंघले शिक्षकहरुलाई स्थानीय तहमातहत नराख्नेगरी संविधान नै संशोधन गर्नु आवश्यक रहेको बताएको हो ।

बैठकमा बोल्दै नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरुलाई स्थानीय तहमातहत राखेर कारबाही गर्नेसम्मको अधिकार दिँदा आग्रह, पूर्वाग्रहका साथ कारबाही गरिने गरेको बताइन् । उनले स्थानीय तहहरुका कारण शिक्षकहरु पीडित हुने अवस्था रहेको उल्लेख गरिन् ।

स्थानीय तहमातहत शिक्षकहरु बस्न नमानेको अवस्थामा आवश्यक परेमा संविधान संशोधन नै गर्नुपर्ने उनको भनाइ थियो । शिक्षकहरुलाई प्रदेश अथवा शिक्षा विभागको मातहतमा राखेमा राम्रो हुने उनको थियो ।

त्यसैगरी, शिक्षकको सुविधायुक्त उपचारको लागि शिक्षक अस्पतालको प्रबन्ध गर्ने र शिक्षकको आचरण, विभागीय सजाय, बर्खास्तीजस्ता कुरा नियमावलीमा राख्नेगरी अघि बढ्न महासंघको सुझाव रहेको महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved