माघे संक्रान्ति नजिकिएसँगै कालिमाटीमा भित्रन थाल्यो तरुल (तस्वीरहरू)

कालिमाटी बजारमा हरेक वर्ष पुस र माघ महिनामा बाहिरी जिल्लाहरुबाट एक हजारदेखि पन्ध्र सय टनसम्म तरुल भित्रिन गरेको व्यापारीहरु बताउँछन्।

माघे संक्रान्ति नजिकिएसँगै कालिमाटीमा भित्रन थाल्यो तरुल (तस्वीरहरू)

काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै देशका विभिन्न भागबाट कालिमाटी तरकारी बजारमा विभिन्न जातका तरुल भित्रन सुरु भएको छ ।

कालिमाटीका थोक व्यापारीका अनुसार माघे संक्रान्ति नजिकिएसंगै राजधानीमा तरुलको माग दिनानुदिन बढेको छ। यहाँ विशेषगरी धादिङ, काभ्रे, नुवाकोट, मकवानपुर, चितवन, नवलपरासी र सुनसरीलगायत जिल्लाहरू तरुल आयात गरिन्छ ।

कालिमाटी तरकारी बजारमा अहिले सिमल, हात्तीपाइले, नीलो, ​सेतो र वनतरुल भित्रिरहेका छन् । बजारमा स्कुसका जरा पनि भित्रिएको छ।

कालिमाटी बजारमा हरेक वर्ष पुस र माघ महिनामा बाहिरी जिल्लाहरुबाट एक हजारदेखि पन्ध्र सय टनसम्म तरुल भित्रिन गरेको व्यापारीहरु बताउँछन्।

अहिले कालिमाटी तरकारी बजारमा आकार र जातअनुसार तरुल प्रतिढक (५ केजीको) ३०० देखि ५०० रुपैयाँसम्ममा किनबेच भइरहेको छ। वनतरुल भने प्रतिकेजी ३०० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved