धरानमा हर्क साम्पाङविरुद्ध दलहरुको प्रदर्शन, कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रयास

मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएको धरानका विभिन्न पाँच दलका भातृ संगठनहरू आन्दोलित भएका हुन् ।

नेपालभ्युज

धरानमा हर्क साम्पाङविरुद्ध दलहरुको प्रदर्शन, कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रयास

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध दलहरु आन्दोलित भएका छन् । मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएको विराेधमा धरानका विभिन्न पाँच दलका भातृ संगठनहरू आन्दोलित भएका हुन् ।

मेयर साम्पाङले केही दिनअघि आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर हटाएर किराती राजा यलम्बरको राखेका थिए।

दलहरुले अहिले फेरि यलम्बरको तस्वीर हटाएर राष्ट्रपति र प्रधानमन्त्रीकै राख्न खोजेका हुन् ।

आन्दोलित राजनीतिक दल र मेयर साम्पाङबीच कार्यालयमा कसको तस्वीर राख्ने भन्ने विषयमा सहमति खोज्न वार्तासमेत भएको छ । तर, वार्ता निष्कर्षमा पुग्न सकेन ।

दलहरु भने तीन दिनभित्र कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्न अल्टिमेटम दिएर फर्किएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved